२०८३ बैशाख १९ गते , शनिबार

हिमालयनका अभिकर्ताहरुलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ असार ४ गते , बुधबार
हिमालयनका अभिकर्ताहरुलाई उत्प्रेरणा कार्यक्रम सम्पन्न

बिर्तामोड हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुका लागि उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको कोशी प्रदेशमा रहेका अभिकर्ताहरुका लागि बुधबार कार्यक्रम आयोजना गरिएको हो

झापाको बिर्तामोडमा सम्पन्न कार्यक्रममा भारतीय प्रशिक्षक साइद अफजल अहमदले सहजीकरण गरेका थिए उनले आर्थिक सुरक्षाका लागि बीमा बाहेक अर्को विकल्प नभएको बताए निजी क्षेत्रका कामदारहरुलाई भविष्यको बचतको लागि समेत बीमा अनिवार्य सर्त भएको उनको भनाई थियो मृत्युपछि मात्र बीमा आवश्यक भन्ने भाष्य निर्माण गरिएको भन्दै उनले आपत्ति जनाए उनले मानिस जिवित छँदै पूर्ण अंगभंग भएको अवस्थामा, प्राण घातक रोग लागेको अवस्थामा, घाउचोट लागेर अस्पताल भर्ना भएको अवस्थामा ऋण रकम चाहिएको बेलामा नगदको बढी आवश्यक हुने त्यो सुरक्षा बीमाबाट मात्र प्राप्त हुने भन्दै समाजमा बीमा शिक्षा जागरणको खाँचो रहेको औँल्याए

कार्यक्रममा अभिकर्ता दुर्गा राईले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् विभिन्न उपलब्धी हासिल गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो

कम्पनीले समय समयमा अभिकर्तालाई उत्प्रेरणा दिने उद्धेश्यले विभिन्न स्कीम निकाल्ने गरेको सोहि स्कीम अन्तर्गत उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरिएको दमक शाखा प्रमुख चन्द्रकला घिमिरे (सीजी)ले बताइन्

कोशी प्रदेशका उपप्रमुख भोलाकृष्ण मिश्र (नविन)ले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई अर्का उपप्रमुख सुरेन्द्र कर्णले स्वागत गरेका थिए कोशी प्रदेशका प्रमुख रामबहादुर शाहीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा १२० जना अभिकर्ता सहभागी रहेको बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले जानकारी दिए  

सम्बन्धित समाचार