२०८३ बैशाख १९ गते , शनिबार
इलामसहित २० जिल्लाका सीडीओको सरुवा
बिर्तामोड । गृह मन्त्रालयले २० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट इलामसहित २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।
सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव र ५ उपसचिव छन् ।
इलामकी सीडीओ कल्पना श्रेष्ठलाई गृहमन्त्रालय अन्तर्गत अतिरिक्त समूह (जगेडा)मा तानिएको छ भने उनको ठाउँमा गृहमन्त्रालयबाट सुनिता नेपाललाई पठाइएको छ ।
गृहले गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई सरुवा गरिएको छ । त्यस्तै सिन्धुलीमा दिनेश सागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङलाई पठाइएको छ ।