२०८३ बैशाख १९ गते , शनिबार

नयाँ नेतृत्व चयन गर्दै ढुवानी मदजुरको अधिवेशन सम्पन्न, संस्थापक सम्मानित

sajilo news
परिवेश मिडिया
२०८२ असार ३ गते , मंगलबार
नयाँ नेतृत्व चयन गर्दै ढुवानी मदजुरको अधिवेशन सम्पन्न, संस्थापक सम्मानित

बिर्तामोड अखिल नेपाल ढुवानी मजदुर संघ झापाको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको गोकुल राजवंशीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो

समितिको उपाध्यक्षत्रयमा दिलिप चौधरी, कमल राजवंशी फुर्वा तामाङ चयन भएका छन् त्यस्तै सचिवमा शिवलाल चौधरी, सहसचिवमा रविन राजवंशी कोषाध्यक्षमा मुतुर्जा आलम चयन भएका छन् सोमबार बिर्तामोडको गौरीशंकर स्मृति प्रतिष्ठानमा सम्पन्न अधिवेशनले २१ सदस्यीय समिति चयन गरेको हो

अधिवेशनको अवसरमा ढुवानी मजदुर संघका संस्थापक अध्यक्ष गणेश भुषाललाई नगदसहित सम्मान गरिएको थियो

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघकी केन्द्रीय उपमहासचिव सीता सापकोटा (सन्ध्या), संस्थापक अध्यक्ष भुषाल, अखिल नेपाल ढुवानी मजदुर संघका केन्द्रिय अध्यक्ष चक्रबहादुर खत्री, नेकपा माओवादी केन्द्र बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए

जानकीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र बिर्तामोड नगर इञ्चार्ज कुवेर श्रेष्ठ (अरुण), नगर उपाध्यक्ष टीकाराम धमला (रञ्जन), शुसिला पाण्डे लगायत सहभागी थिए जगत पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए

 

सम्बन्धित समाचार