२०८३ बैशाख १९ गते , शनिबार

हर्क साम्पाङले उपप्रमुख बेघालाई कार्यकक्षमा बोलाएर गरे दुर्व्यवहार

sajilo news
परिवेश मिडिया
२०८२ असार २ गते , सोमबार
हर्क साम्पाङले उपप्रमुख बेघालाई कार्यकक्षमा बोलाएर गरे दुर्व्यवहार

बिर्तामोड धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थकहरूले आफूलाई हातपात गर्न खोजेको उपप्रमुख अईन्द्र विक्रम बेघाले आरोप लगाएका छन्

उपप्रमुख बेघाका अनुसार सोमबार दिउँसो बजे आर्थिक वर्ष २०८२÷८३ को बजेट सीमा निर्धारण सम्बन्धी बैठकमा प्रमुख साम्पाङलाई पनि बोलाइएको थियो उनी आएनन्, कर्मचारी समितिका सदस्यहरू बिच छलफल भइरहेको बेला साढे बजे प्रमुख साम्पाङले उनको कार्यकक्षमा बोलाए

कार्यकक्षमा जाँदा त्यहाँ माथि आक्रमण गर्न प्रमुख साम्पाङले आफ्ना समर्थकहरू बोलाएका रहेछन्, भीडले एक्कासि हातपात गर्न खोज्यो उपप्रमुख बेघाले भने, ‘कसैले खुकुरी बोकेर आएको पनि देखिएको उनले बताए

यसअघि प्रमुख साम्पाङले धरान१६ मा निर्माणाधीन बहुभाषिक पाठशालालाई संरक्षण गर्न श्रमदानको रकम अनुगमन गरी रकम निकासा गर्न कर्मचारी सहित आफूलाई दबाब दिएको उपप्रमुख बेघाले बताए

उनले भनेतर मैले श्रमदानको नाममा रकम निकासा नगर्न कर्मचारीहरूलाई निर्देशन दिएकोले प्रमुख साम्पाङ रुष्ट बनेका थिए त्यसै कारण प्रमुख साम्पाङले समर्थक श्रमदाताहरूको भीड बोलाएर दादागिरी देखाएको उपप्रमुख बेघाको भनाई

माओवादी केन्द्रका धरान अध्यक्ष उद्धव लिम्बुका अनुसार नगर प्रमुख साम्पाङका समर्थकहरू खुकुरी बोकेर प्रमुखको सचिवालय कक्षमा पुगेका थिए उनले भने– ‘साम्पाङले बेघालाई आफ्नो कार्यकक्षमा बोलाएर आक्रमण गराउने योजना बनाएको बुझिएको

सम्बन्धित समाचार