२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडको कृषि नीति : ‘कृषकको समृद्धि व्यवसायीकरण र आधुनिक प्रविधि’

sajilo news
परिवेश मिडिया
२०८२ असार २ गते , सोमबार
बिर्तामोडको कृषि नीति : ‘कृषकको समृद्धि व्यवसायीकरण र आधुनिक प्रविधि’

बिर्तामोड झापाको बिर्तामोड नगरपालिकाले कृषिको व्यवसायीकरण आधुनिक प्रविधिको प्रयोगमा जोड दिएको पालिकाले आर्थिक बर्ष २०८१/८२ माकृषकको समृद्धि व्यवसायीकरण आधुनिक प्रविधि भन्ने नाराका साथ कार्यक्रम कार्यान्वयन गरेको हो

बिर्तामोड नगरपालिकाले चालु आर्थिक बर्षको नीति, बजेट तथा कार्यक्रममा नै कृषकको समृद्धि व्यवसायीकरण आधुनिक प्रविधि भन्ने नारालाई समेटेको सोहि नारा अनुरुप कृषि विकासका लागि विभिन्न कार्यक्रमहरु तर्जुमा गरिएको थियो पालिकाले १४ वटा बुँदामा कृषि विकास नीति समेटेर योजना तर्जुमा तथा कार्यान्वयन गरेको नगर प्रमुख पवित्रा महतारा प्रसाईले जानकारी दिइन्

आधुनिक कृषिको आधारस्तम्भ कृषिमा यान्त्रिकीकरण कार्यक्रमलाई निरन्तरता दिई कृक्षकहरुलाई मकै छोडाउने मेशिन, चिया पत्ती टिप्ने मेशिन आधुनिक स्प्रेयर मेसिन उपलब्ध गराएको पालिकाले सिंचाई कृषिको पहिलो आधार भएको भन्दै २४२१ विगाह क्षेत्रफलमा सिचाई सुविधा पुर्र्याएको जनाएको

मेयर विषादिमुक्त नगर कार्यक्रमलाई निरन्तरता दिएको बिर्तामोडमा १५७ जना व्यवसायिक कृषकहरु तरकारी उत्पादनमा आवद्ध मै व्यवसायिक तरकारी उत्पादन गरिरहेको कृषि अधिकृत राजेन्द्र कडरियाले जानकारी दिए कार्यकममा आवद्ध कृषकहरुलाई तरकारी उत्पादन सम्बन्धी उच्च प्रविधिको तालिम दिनुका साथै विषादी न्यूनीकरणका वैकल्पिक पद्धतिहरु सम्बन्धी तालिम प्रदान गरिएको उनले बताए

बिर्तामोडका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी विक्री केन्द्रमार्फत बिक्री गर्न पालिकाले सहजीकरण गरेको बताईएको

माटोको उत्पादकत्व वृद्धि गर्न माटो परिक्षण माटो सुधार कार्यक्रमलाई पालिकाले निरन्तरता दिएको

आलु तथा प्याज बालीको बृहत व्यवसायिक उत्पादनका लागि एक समुह एक उत्पादन कार्यक्रम मार्फत व्यवसायिक उत्पादनलाई निरन्तरता दिएको कृषकहरुले लगाएको धान तथा मकै बालीमा रोग तथा किरावाट हुने क्षति न्यूनीकरण गर्न प्रत्येक वर्ष सञ्चालन गर्दै आएको आकस्मिक बाली संरक्षण कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको

पालिकाले मेयर पकेट प्याकेज बाख्रा साटासाट कार्यक्रममार्फत पनि कृषकलाई व्यवसायीक बन्न प्रेरित गरिरहेको । बिर्तामोडले कृषि विकासको क्षेत्रमा एक करोड बजेट विनियोजन गरी विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।

सम्बन्धित समाचार