२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडमा फेला परेको शवको पहिचान खुल्यो

sajilo news
परिवेश मिडिया
२०८२ असार २ गते , सोमबार
बिर्तामोडमा फेला परेको शवको पहिचान खुल्यो

बिर्तामोड झापाको बिर्तामोडमा फेला परेको शवको पहिचान खुलेको सोमबार बिहान बिर्तामोड स्थित हिरो शोरुम अगाडी फेला परेको शव भारतीय नागरिक रफिक आलमको भएको पुष्टि भएको हो

सोमबार विहान अन्दाजी ८:३० बजे नग्न अवस्थामा मृत फेला परेको शव भारत किसनगञ्ज जिल्ला कोचाधामन ग्राम सिंगिहा चकनदर बस्ने ६८ बर्षीय रफिक आलमको भएको भनी उनका भतिज सोहि स्थानका अबु नसरले सनाखत गरेको प्रहरीले जनाएको नसरले प्रहरीमा दिएको जाहेरी अनुसार मृतक आलमको पैतृक सम्पत्ति नभएको, आय आर्जनको अन्य स्रोत नभएको स्वास्थ्य समेत ठीक नभएकाले केहि बर्षदेखि बाहिर बस्दै आएका थिए

प्रहरीका अनुसार उनी बिर्तामोड क्षेत्रमा मागि खाने गरेका थिए

मृतकका परिवारले मंगलबार पोष्टमार्टम प्रक्रिया पुरा गरि शव लैजाने तयारी गरेको बुझिएको

 

सम्बन्धित समाचार