२०८३ बैशाख १९ गते , शनिबार

स्थानीय तहको संख्या ५०१ मा झार्ने प्रस्ताव

sajilo news
परिवेश मिडिया
२०८२ असार २ गते , सोमबार
स्थानीय तहको संख्या ५०१ मा झार्ने प्रस्ताव

बिर्तामोड नेकपा एमालेका सांसद बासुदेव घिमिरेले स्थानीय तहको संख्या घटाउनुपर्ने बताएका छन्

प्रतिनिधिसभाको सोमबारको बैठकमा आगामी आर्थिक बर्षको बजेटमाथिको सामान्य छलफलमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन्

यस भन्दा पहिला पनि आफूले स्थानीय तहको संख्या घटाउनेबारे कुरा उठाएको उनले स्मरण गरे

महानगरपालिकाको संख्या १० बनाउने, उपमहानगरपालिका १५ बनाउने, नगरपालिकाको संख्या २२५ बनाउने गाउँ पालिकाको संख्या २५१ बनाएर स्थानीय तहको संख्या कुल ५०१ मात्रै गरियो भने वार्षिक करिब ३० अर्ब खर्च कम हुँदो रहेछ, सांसद घिमिरेले भने

यो काम तत्काल सरकारले सुरु गर्नेपर्ने उनको आग्रह स्थानीय तहको संख्या घटाउन सकिने २०८४ को चुनाव अगाडि नै घटाउनुपर्ने उनको सुझाव

सम्बन्धित समाचार