२०८३ बैशाख १९ गते , शनिबार
मेचीनगरमा मृत हात्ती फेला, हात्ती आक्रमणबाट एक जना गम्भीर घाइते
बिर्तामोड । झापाको मेचीनगरमा एउटा पोथी हात्ती मृत फेला परेको छ । आज बिहान अन्दाजी ९:४५ बजे मेचीनगर नगरपालिका वडा नम्बर १ कोसेली चोकस्थित लिलाप्रकाश रिजालको मकैबारीमा सो हात्ती मृत फेला परेको हो ।
आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय झापाबाट टोली खटिएको प्रहरीले जनाएको छ ।
त्यस्तै जंगली हात्तीको आक्रमणबाट मेचीनगर १ डुम्जन चोकमा एक जना गम्भीर घाइते भएका छन् । आज विहान अन्दाजी ५:४५ बजे स्थानीय ६० बर्षीय पूर्णकुमार श्रेष्ठ हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका हुन् । उनको करङ्ग भाँच्चिएको, गोलीगाँठो र मेरुदण्डको हड्डी फुटेको बताइएको छ । घाइते श्रेष्ठको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।