फरार प्रतिवादी खोजतलासमा झापा प्रहरी : जेठ महिनामा ५१ जना पक्राउ
बिर्तामोड । विभिन्न मितिमा अदालतको फौसलाले दोषी ठहर भई फरार रहेका प्रतिवादी खोजतलासलाई जिल्ला प्रहरी कार्यालय झापाले तीब्रता दिएको छ ।
जेठ महिनामा ५१ जना फरार प्रतिवादीहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उच्च अदालत विराटनगर इलाम इजलासको मिति २०७२ असार १६ गतेको फैसलाले जबरजस्ती करणी र चोरी मुद्दामा १० बर्ष कैद फैसला भई फरार रहेका झापा मेचीनगर नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३२ को प्रदिप राई र उच्च अदालत पाटनको मिति २०८० फागुन २ गतेको फैसलाले राजश्व चुहावट मुद्दामा १ बर्ष २ महिना १५ दिन कैद र २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैँया जरिवाना फैसला भई फरार रहेका झापा बिर्तामोड नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३० को अमिर ल्वागुन विश्वकर्मा लगायत बिभिन्न मुद्दा शिर्षकमा दोषी प्रमाणित भई फरार भएका ४३ जना पुरुष, ७ जना महिला र १ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका प्रतिवादीहरुलाई उक्त सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी श्री कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
जरिवाना असुल मात्र वाँकी रहेका प्रतिवादीहरु २ करोड ९९ लाख ७८ हजार ५६० रुपैँया जरिवाना दाखिला गराई लगत कट्टा गरी छुटेको प्रहरीले जनाएको छ ।