२०८३ बैशाख १९ गते , शनिबार

‘अनमोल कुमाल बचाउ अभियान’ का लागि संकलित सहयोग रकम परिवारलाई हस्तान्तरण

sajilo news
परिवेश मिडिया
२०८२ असार १ गते , आईतबार
‘अनमोल कुमाल बचाउ अभियान’ का लागि संकलित सहयोग रकम परिवारलाई हस्तान्तरण

लक्ष्मीपुर वैदेशिक रोजगारका सिलसिलामा बिभिन्न मुलुकमा रहेका युवाहरुले कलेजोमा पानी जमेर पेट फुल्ने तथा आन्द्रामा समेत समस्या भएका ३० महिने बालकको उपचारका लागि एक लाख ४६ हजार ३२९ रुपैयाँ सहयोग गरेका छन्

झापाको अर्जुनधारा नगरपालिका स्थित चाँदनी चोकमा हजुरबुवा हजुर आमाको आश्रयमा बस्दै आएका बालक अनमोल कुमालको उपचार सहयोगार्थअनमोल कुमाल बचाउ अभियान सञ्चालन गरेर संकलित रकम आज (आइतवार) बालकको परिवारलाई हस्तान्तरण गरिएको हो

हल्दीबारी गाउँपालिका घर भई हाल कतारमा रहेका भारती बन्धु एकता समाज नेपालका महासचिव तथा झापाली समाज कतारका महासचिव विमल भारती, अर्जुनधारा घर भई हाल कतारमा रहँदै आएका सुजन थापा, अर्जुनधारा घर भई हाल कतारमा रहँदै आएका सन्तोष गिरी, अर्घाखाँची मलारानी गाउँपालिका घर भई हाल कतारमा रहेका सोनुकुमार कुँवर क्षेत्रीको सक्रियतामा संकलित रकम परिवारलाई हस्तान्तरण गरिएको हो

परदेशी हुनु रहर हैन, बाध्यता भएको भएपनि आफ्नो केहि खर्चहरुलाई कटौती गर्दै विपत्तिमा परेकालाई सहयोग गरेको भारतीले बताए यस्ता विभिन्न किसिमका समस्यामा परेका ब्यक्तीहरुलाई सहयोगहरु गर्दै आएको आगामी दिनमा पनि गर्ने उनले बताए पराइको भुमिमा सहज कदापि छैन भारतीले भनेतर पनि आफ्नो देश समाज प्रतिको दायित्व माया सदैव रहन्छ आगामी दिनहरुमा पनि यस्ता बिपत्तिमा परेकालाई सहयोग गर्नेसमेत भारतीले प्रतिबद्धता जनाएका छन्

वैदेशिक रोजगारको सिलसिलामा रहेका भारती, गिरी, थापा क्षेत्रीले अनमोल कुमाल बचाउ अभियान नै सञ्चालन गरेर बिभिन्न देशमा रहेका युवायुवतीहरुबाट संकलित रकम आज विरामीका हजुरबुबा टंकबहादुर खत्रीलाई हस्तान्तरण गरिएको

अर्जुनधारा का पूर्व वडाध्यक्ष तथा भारती बन्धु एकता समाज नेपालका वरिष्ठ उपाध्यक्ष ध्यानबहादुर भारती, सामाजिक अभियन्ता तथा भारती बन्धु एकता समाज नेपाल अध्यक्ष उमेश भारती, सहिद राजन गिरीका पिता केदारशम्सेर गिरीशब्दपत्र डटकमका सम्पादक पत्रकार उद्धव पुरी, समाजसेवी टेकबहादुर गिरी, तेजकुमार गिरी, बिमल भारतीका भाई सागर भारतीलगायतले परिवारलाई उक्त रकम बापतको चेक हस्तान्तरण गरेका छन्

कार्यक्रममा बोल्दै सहिद पिता केदारशम्सेर गिरीले विदेशमा बसेर पनि सहयोग गरेको भन्दै सहयोगी सवैलाई धन्यवाद दिए यस्तै पूर्व वडाध्यक्ष ध्यानबहादुर भारतीले विदेशबाट सहयोग प्राप्त भएको प्रति खुसी ब्यक्त गर्दै घर गाउँमा पनि अनमोल बचाउ अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए कार्यक्रमको सहजीकरण उमेश भारतीले गरेका थिए  

रकम हजुरआमा शारदा खत्री हजुरबुबा टंकबहादुर खत्रीसहित परिवारलाई हस्तान्तरण गरिएको बिरामी अनमोलकी आमा अस्मिता मानसिक रोगी रहेकी छिन् हाल बिरामीकी हजुर आमा शारदा, आमा अस्मिता, बुवा मिलनले काठमाडौंस्थित पाटन अस्पतालमा उपचार गराइरहेका छन्

 बिरामी अनमोलका बुवा अति बिपन्न भएकाले मामाली हजुरआमा शारदा हजुरबुवा टंकले नै अहिलेसम्म सकेको उपचार गर्दै आएका छन् आर्थिक अवस्था कमजोर भएकै कारण बालक अनमोलको उपचारमा समस्या भइरहेको पारिवारिक स्रोतले जनाएको

जन्मेदेखि नै अनमोल बिरामी भइरहने हाल देखिएको रोग बिर्तामोडको आधारभूत बाल अस्पतालले पत्ता लगाएको अनमोलका हजुरवुवा टंकले बताए अहिलेसम्म करिव २८ लाख रुपैयाँ खर्च भइसक्यो हजुरबुबा टंकले भनेज्वाई छोरीको अवस्था थिएन, सवै आफै खर्च गरौं काठमाडौस्थित कान्ति बाल अस्पतालमा उपचारपछि हाल पाटन अस्पतालमा बालकको उपचार भइरहेको उनले बताए

नेपालमा यस रोगको उपचारको सम्भावना एकदमै कम रहेको बुझिएको बताउँदै हजुरबुबा टंकले भारतमा उपचार सम्भव हुने करिव २५ लाख भारु रुपैयाँ खर्च हुने उपचारमा संलग्न चिकित्सकहरुले बताएको हजुरबुबा टंकले जानकारी दिए

अहिलेसम्म उपचारमा भएको जायजेथा सकेको बताउँदै उनले सवै मनका धनिहरुमा सहयोगको अपिलसमेत गरेका छन् उनले बिदेशमा बसेर पनि सहयोग गरेको भन्दै सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद ब्यक्त गरेका छन्

सम्बन्धित समाचार