राजेन्द्र गौतम समाजको सचिवमा चयन, बुवाको स्मृतिमा अक्षयकोष निर्माणको घोषणा
बिर्तामोड । पत्रकार राजेन्द्र गौतम ‘गौतम समाज झापा केन्द्रिय समिति’को सचिव चयन भएका छन् । जेठ ३१ गते सम्पन्न समाजको २७औँ बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट उनी सचिव चयन भएका हुन् ।
अधिवेशन शनिबार झापाको कन्काईमा सम्पन्न भएको हो ।
उनले आफ्ना स्वर्गीय बुवा डिल्लीप्रसाद गौतमको स्मृतिमा अक्षयकोष निर्माण गर्ने घोषणा गरेका छन् । रु १ लाख राशीको ‘स्वर्गीय डिल्लीप्रसाद गौतम स्मृति अक्षयकोष’ निर्माण गर्ने घोषणा भएको गौतम समाज बाह्रदशीका अध्यक्ष ओमप्रकाश गौतमले जानकारी दिए । गौतम समाज झापा केन्द्रीय समिति संरक्षक रहने गरि निर्माण गरिने अक्षयकोषको व्याजबाट प्रत्येक बर्ष कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने जेहेन्दार तथा न्यून आय भएका एक जना विद्यार्थीलाई पुरस्कृत गरिने उनले बताए । सो पुरस्कार आगामी बर्षबाट वितरण गरिने बताइएको छ ।
राजेन्द्रका बुवा डिल्लीप्रसादको २०८० साल पुष ५ गते ७५ बर्षको उमेरमा भोजपुरमा निधन भएको थियो ।