२०८३ बैशाख १९ गते , शनिबार
स्वीमिङ पुलमा डुबेर मृत्यु
बिर्तामोड । झापाको अर्जुनधारा-६ माता मन्दिर नजिकै रहेको स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । सिएम स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर काठमाण्डौ १४ बाफलका ४० वर्षीय केशव पाठकको मृत्यु भएको हो ।
शनिबार साँझ ८:३० बजे पौडी खेल्ने क्रममा डुबेका पाठकलाई साथीहरुले उद्धार गरी उपचारका लागि विएण्डसी अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पाठक बिगत २ महिना अगाडीदेखि अर्जुनधारा ११ बसपार्क क्षेत्रमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए।
घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको सूचना अधिकारी खड्काले जानकारी दिए ।