२०८३ बैशाख १९ गते , शनिबार

दमक माओवादीको एक लाख विरुवा रोप्ने अभियानमा प्रचण्डको साथ

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ३१ गते , शनिबार
दमक माओवादीको एक लाख विरुवा रोप्ने अभियानमा प्रचण्डको साथ

दमक नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षारोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् उनले शनिबार दमकमा वृक्षारोपण गरेर दमकका माओवादी नेता कार्यकर्तालाई उत्साहित बनाएका हुन्

अध्यक्ष दाहालले दमक- स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिँदै अभियानमा जोडिएका पार्टी कार्यकर्तालाई उत्साहित बनाउका हुन् उनले माओवादी केन्द्रले गरेको वृक्षारोपण कार्यक्रम राम्रो भएको यसलाई निरन्तरता दिन निर्देशन दिए

माओवादी केन्द्र दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको गत वर्ष यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूलका विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण गरिसकेको अध्यक्ष बस्नेतले जानकारी दिए

माओवादी केन्द्रले गत वर्ष विशेष अभियान नै चलाएर दमक क्षेत्रमा फलफूलका विरुवा रोप्ने तथा दमकबासीलाई विरुवा उपलब्ध गराउँदै आएको बस्नेतले बताए उनका अनुसार यस वर्ष पनि १७ जेठदेखि फलफूलका विरुवा रोप्ने वितरण गर्ने अभियानलाई निरन्तरता दिइएको हो दमक क्षेत्रमा जामुन, अम्बा, कागती, आँप लिची, अनारलगायतका विरुवा रोपिएको गत वर्ष रोपिएका विरुवा यस वर्षबाट फल दिन थालेको नगर इञ्चार्ज बेदु गौतमले जानकारी दिए

अध्यक्ष प्रचण्डले अभियानमा साथ दिएपछि वृक्षारोपण अभियानलाई अघि बढाउन थप हौसला मिलेको अभियान संयोजक समुन्द्रा लामाले बताइन् यसलाई माओवादी केन्द्र दमकले निरन्तरता दिने उनको भनाइ पछिल्लो समय जलवायु परिवर्तनले पर्यावरणमा गम्भीर असर पारेको तसर्थ हामीले वृक्षरोपण अभियान सुरु गरेका हौँ अध्यक्ष प्रचण्डले विरुवा रोपेर साथ दिएपछि झनै हौसला मिलेको ,’उनले भनिन्

नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष बस्नेतका अनुसार यस वर्ष २५ हजार विरुवा वितरण गरिने भनिए पनि यसपटक अध्यक्ष प्रचण्ड नै आएपछि ऊर्जा बढेकाले थप संख्या बढाइने उनले बताए अभियान पुनः सुरु भएयता २१ हजार विरुवा रोपिएको उनले बताए अभियानलाई निरन्तर सञ्चालन गरिने उनको भनाइ यसमा सबै दल, संघसंस्थाले साथ दिएग्रीन दमक, क्लिन दमकबनाउन सहज हुने उनले बताए

उत्पादन दिने विरुवा रोप्दा परिणाम पनि आउँछ तसर्थ, हामीले फलफूलका विरुवा वितरण गरेका हौँ,’ नगर अध्यक्ष बस्नेतले भने, ‘गत वर्षको विरुवाले उत्पादन दिन थालेपछि हामीलाई उत्साहित बनाएको आउने वर्षमा पनि हामी विरुवा वितरणको अभियानलाई निरन्तरता दिँदै जान्छौँ अध्यक्ष प्रचण्डले पनि अभियानमार्फत जनतासँग जोडिन निर्देशन दिनुभएको

 

सम्बन्धित समाचार