२०८३ बैशाख १९ गते , शनिबार

सुशासनको उदाहरण : प्लमको पैसाले ड्रेन निर्माण

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ३१ गते , शनिबार
सुशासनको उदाहरण : प्लमको पैसाले ड्रेन निर्माण

बिर्तामोड । झापाको अर्जुनधारामा सुशासनको एउटा उदाहरण पेश भएको छ । अर्जुनधारा-६ युनिक मार्गमा निर्माण भएको ड्रेन सुशासनको उदाहरण बनेको हो ।
युनिक मार्ग प्लम निर्माण उपभोक्ता समितिले प्लम निर्माणका लागि आएको बजेटले ड्रेन नै निर्माण गरेर सुशासनको उदाहरण पेश गरेको हो । करिब १८५ मिटर प्लम निर्माण गर्न अर्जुनधारा नगरपालिकाबाट प्राप्त २ लाख रकम र उपभोक्ता समितिको तर्फबाट व्यहोर्ने २० हजार गरी २ लाख २० हजार रुपैयाँले बाटोको दुवैतर्फ ड्रेन नै निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष विशाल दाहाल (एलेक्स क्षेत्री)ले जानकारी दिए ।

सडकको दुवै तर्फ प्लम निर्माण गर्न बजेट आएको तर समितिले ड्रेन नै निर्माण गरेको उनले बताए । निर्माण कार्यमा मितव्ययिता अपनाउन सके धेरै काम गर्न सकिने बताउँदै अध्यक्ष दाहालले अरु निर्माण कार्य कसरी भइरहेको छ भन्दै ? आशंका गर्ने स्थिति रहेको बताए ।
असार १० गतेसम्म काम सक्ने समय भएपनि जेठ मसान्त अगावै निर्माण सम्पन्न भएको उनले बताए । उपभोक्ता समिति अध्यक्ष दाहाल वाइसिएल केन्द्रीय विभाग सदस्य हुन् । 

सम्बन्धित समाचार