२०८२ माघ २८ गते , बुधबार

सशस्त्र प्रहरीद्वारा कचनकवलमा विपद् स्वयंसेवकलाई तालिम

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ३० गते , शुक्रबार
सशस्त्र प्रहरीद्वारा कचनकवलमा विपद् स्वयंसेवकलाई तालिम

बिर्तामोड झापाको कचनकवल गाउँपालिकामा समुदाय विपद् स्वयंसेवक तालिम आयोजना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं गण हेक्वा झापाले तालिम आयोजना गरेको हो

कचनकवल गाउँपालिकाको सहकार्यमा आजबाट १८ दिने तालिम शुरु भएको सशस्त्र प्रहरी बल, नेपाल नं गण हेक्वा झापाका प्रमुख सप्र उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए विपद् स्वयंसेवक आधारभुत तालिम पाठ्यक्रम २०८१  बमोजिम खोज तथा उद्धारमा खटिने स्वयंसेवकको क्षमता विकास गर्नुका साथै विपद् स्वयंसेवकहरुलाई स्तरीय आधारभुत तालिम प्रदान गर्न कार्यक्रम आयोजना गरिएको उनले बताए तालिममा कचनकवलका सातै वडाको प्रतिनिधित्व हुने गरी १४ जना सहभागी रहेको बताइएको

सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले तालिममा प्रशिक्षार्थीहरुलाई विपद्को परिचय, नेपालमा घट्न सक्ने सम्भावित विपद्हरु, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, विपद्को समयमा अन्य सरोकारवाला निकायहरुसंग गरिने समन्वय, भत्केका संरचनाहरुमा गरिने खोज तथा उद्धार, जल उत्पन्न प्रकोप त्यसमा गरिने उद्वार, डोरीद्वारा गरिने उद्वार, अग्नि नियन्त्रण, प्राथमिक उपचार तथा सडक दुर्घटना जोखिम न्यूनिकरण लगायत विविध विषयहरु समावेस गरी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने जानकारी दिए

कार्यक्रमका प्रमुख अतिथी जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कचनकवल क्षेत्रमा विभिन्न प्रकारका प्राकृतिक तथा मानव सिर्जित विपद्को जोखिम उच्च रहेकोले त्यस्ता चुनौतीहरूलाई सामना गर्न समुदाय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्नु एक महत्वपुर्ण उपलब्धी हुने यस्ता तालिम झापाका अन्य पालिकाहरूमा समेत गराउन आवश्यक रहेको बताउँदै तालिमको पूर्ण सफलताको शुभकामना दिए

त्यसैगरी उक्त कार्यक्रमका प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले यस प्रकृतिको तालिम आफ्नो पालिकामा संचालन गर्न पाउदाँ अत्यन्त हर्षित भएको यस तालिमबाट प्रशिक्षार्थीहरूलाई प्राप्त हुने सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भोलिका दिनहरूमा हुनसक्ने बिपद् प्रकोप उद्वारमा महत्वपूर्ण सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरे

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्का, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललगायत सहभागी रहेका थिए

सम्बन्धित समाचार