२०८३ बैशाख १९ गते , शनिबार

धरानमा श्रमदानको क्रममा लडेर घाइते भएका राईको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ३० गते , शुक्रबार
धरानमा श्रमदानको क्रममा लडेर घाइते भएका राईको मृत्यु

झापा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले सुरु गरेको कोकाह प्रोजेक्ट भाग को श्रमदानको क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका मानिसको मृत्यु भएको पाईप तान्दा लडेर घाइते भएका धरान११ का ६५ वर्षीय कुलराज राईको बिपी प्रतिष्ठानमा मृत्यु भएको हो

घाइते श्रमदाता राईको आज शुक्रवार मृत्यु भएको उनका भतिज मेघराज राई ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको डिएसपी प्रकाश जवेगुले बताए श्रमदानमा घाइते राई वराहक्षेत्र वडा नम्बर स्थित बान्द्रेचौरी भन्ने स्थानमा श्रमदान चलिरहेको बेला गत माघ १९ गते भीरबाट लडेर गम्भीर घाइते भएका थिए

उनको महिनादेखि बिपी प्रतिष्ठानको आइसियु कक्षमा उपचार भइरहेको थियो भिरबाट खसेका ६५ वर्षीय राईको पेट, टाउको शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो उनको माघ २० गते शल्यक्रिया भएको अस्पतालले जनाएको थियो

सम्बन्धित समाचार