२०८३ बैशाख १९ गते , शनिबार

झापामा चर्किंदै किसान आन्दोलन

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २९ गते , विहीबार
झापामा चर्किंदै किसान आन्दोलन

बिर्तामोड विभिन्न माग राखेर आन्दोलन गरिरहेका झापाली किसानहरुले आज राँके जुलुस निकालेका छन् एक महिनाअघि चक्काजामबाट आन्दोलन शुरु गरेका झापाली किसानहरुले आज राँके जुलुस प्रदर्शन गरेका हुन्

आज किसान संघर्ष समिति झापाको आव्हानमा गौरादह, गौरीगञ्ज कमल गाउँपालिकाका किसानहरुले विभिन्न नाराबाजी गर्दै हातहातमा राँको पुल्ठो बालेर गौरादह स्थित धोवनीया चोकमा र्याली निकालेका थिए एक सय बढीको संख्यामा रहेमा किसानहरुको र्याली गौरादह नगरपालिकातर्फ जाँदा प्रहरीले राँको खोसेर निभाएको थियो र्याली गौरादह नगरपालिकाको गेटभित्र प्रवेश गर्न खोज्दा प्रहरीसंग घम्साघम्सी परेको थियो त्यसक्रममा किसान संघर्ष समितिका अध्यक्ष इन्द्रप्रसाद पोखरेलको कपडा च्यातिएको थियो आन्दोलनमा सहभागी किसानहरुले प्रहरीले अध्यक्षको लुगा च्यातेकोमा घोर आपत्ति जनाउँदै प्रहरी दमनको बिरोध गरेका छन्

उनीहरुले गौरादह नगरपालिकाभित्र प्रवेश गरी कार्यालयको गेट अगाडी धर्ना दिएर कोणसभा गरेका छन् विभिन्न १५ बुँदे मागसहितको व्यानर गौरादहका नगर प्रमुख छत्रपति सुवेदी उपप्रमुख जलवर्षा राजवंशीलाई हस्तान्तरण गरेका छन् आफ्ना मागहरु चाँडोभन्दा चाँडो पुरा गर्नु पर्ने भन्दै उनीहरुले माग पूरा नभए अझ कडा संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतावनी दिएका छन्

यस्ता छन् किसानका माग

किसानहरुले उत्पादनमा अनुदान कार्यक्रमको क्षेत्र बिस्तार बजेट व्यवस्थापन सुनिश्चतता हुनुपर्ने, सरकारले तोकेको खाद्यान्नको मूल्य पाउनुपर्ने, रासायनिक मल खादको उचित व्यवस्था हुनुपर्ने , कृषि पशुपंछी, मत्स्य, मौरी खेती वालीको निःशुल्क बिमा गर्नुपर्ने, कृषि ऋणको वातावरण हुनुपर्ने, व्यवसायीक उद्यमी कृषकहरुलाई कृषियन्त्र उपकरण वितरण गर्नुपर्ने, कृषि सिंचाई महशुल छुट हुनुपर्ने, सबै वडामा कृषि बिज्ञ प्राविधिक नियुक्त गरिनुुपर्ने, भाडामा चल्ने कम्बाईन हार्भेस्टरको दर रेट न्यूनतम कायम हुनुपर्ने, अनुदानको नाममा किसानहरुबाट रकम उठाउने धन्दा बन्द गरिनु पर्ने, कृषि औजार खरिद गर्न भन्सार छुटको सिफारिसको व्यवस्था गरी खुल्ला बजारको व्यवस्था गरिनु पर्ने, कृषकहरुलाई नयाँ सीप विकासका लागि अध्ययन अवलोकन भ्रमणका लागि रु लाख बजेटको विनियोजन गरिनु पर्ने, मालपोतको दर रेटमा पुनर्बिचार गरिनुपर्ने, कृषि उपयोग बजारको मूल्यबृद्धि रोकथाम गर्नुपर्ने वडास्तरीय कृषक समूहमार्फत कृषकहरुको लागि बजेट कार्यक्रमहरु ल्याइनु पर्ने माग राखेर आन्दोलन गरिरहेका छन्

सम्बन्धित समाचार