२०८३ बैशाख १९ गते , शनिबार
मेचीनगरमा भेटिएको शवको पहिचान खुल्यो
बिर्तामोड । बुधबार झापाको मेचीनगरमा मृत भेटिएका मानिसको पहिचान खुलेको छ । सो शव कचनकवल-६ बस्ने मोहन खड्काको भएको पुष्टि भएको हो ।
बुधबार दिउँसो अन्दाजी २ बजे उनको शव मेचीनगर-१२ सब्जीमण्डीमा फेला परेको थियो ।
खड्काको शव आफन्त धनराज खड्काले सनाखत गरेको र शव पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।