२०८३ बैशाख १९ गते , शनिबार

चट्याङ लागेर झापामा दुई जना घाइते, एउटा गाई मर्यो

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २९ गते , विहीबार
चट्याङ लागेर झापामा दुई जना घाइते, एउटा गाई मर्यो

बिर्तामोड बुधबार साँझ परेको चट्याङ लागेर झापामा दुई जना घाइते भएका छन् भने एउटा गाइ मरेको

बुधबार साँझ अन्दाजी ६ः१० बजे परेको चट्याङ लागेर बुद्धशान्ति का ६० बर्षीय पुण्य पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको प्रहरीका अनुसार गाइगोठमा काम गरिरहेका पौडेललाई हावाहुरीसँगै परेको चट्याङले लागेको थियो चट्याङका कारण उनको दुवै आँखा दाहिने हातमा चोट लागेको बिर्तासिटी अस्पतालमा मध्यम अवस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

त्यस्तै बुधबार साँझ अन्दाजी ६ः३० बजे परेको चट्याङ लागेर शिवसताक्षी टेक्रा निवासी ४४ बर्षीया डम्बर कुमारी भुजेल घाइते भएकीछन् घरमा बसिरहेको अवस्थामा भुजेललाई चट्याङ लागेको उनको मुख सामान्य जलेको प्रहरीले जनाएको उनको स्थानीय मेडिकलमा उपचार भएको प्रहरीले जनाएको

सोहि चटयाङले लागेर भुजेलको गोठमा बाँधेको एउटा गाई मरेको प्रहरीले जनाएको

 

सम्बन्धित समाचार