२०८३ बैशाख १९ गते , शनिबार
सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता हो : कोइराला
बिर्तामोड । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्य सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार रहेको टिप्पणी गरेका छन् ।
नेता कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सह्य नहुने बताए ।
सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार देखिएको उनले बताए ।
कोइरालाले सामाजिक सञ्जालमा सरकारलाई चेतावनीको शैलीमा भनेका छन्, ‘सञ्चारमाध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरू केही हुनै सक्दैन ।’
पत्रकार दिलभूषण पाठकविरुद्ध प्रक्राउ पुर्जी जारी भएकोप्रति सरकारको आलोचना भइरहेको समयमा कोइरालाको यस्तो धारणा सार्वजनिक भएका छन् ।
अर्कोतर्फ, अदालतले केही सञ्चार माध्यमममा प्रकाशित समाचार हटाउन समेत आदेश दिएको छ ।