२०८३ बैशाख १९ गते , शनिबार

पाथीभरा क्षेत्रभित्र अनुमति बिना संरचना निर्माण नगर्न अनुरोध

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २८ गते , बुधबार
पाथीभरा क्षेत्रभित्र अनुमति बिना संरचना निर्माण नगर्न अनुरोध

बिर्तामोड । ताप्लेजुङको धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा क्षेत्र भित्र अनुमति बिना संरचना निर्माण नगर्न आग्रह गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले बुधबार एक सूचना जारी गर्दै आफ्नोको अनुमति नलिई कुनै पनि संरचना निर्माण नगर्न अनुरोध गरेको हो।
२०८१ साल पौष १ गते पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्ने र गुरु योजना निर्माण गरी पाथीभराको मौलिकतालाई कायम राख्ने क्षेत्र विकास समितिले निर्णय गरेको भन्दै
कार्यक्रम, अभियान र संरचना निर्माण गर्दा पाथीभरा क्षेत्र विकास समितिको पूर्व अनुमति लिन आग्रह गरिएको हो ।
'पाथिभरा क्षेत्र विकास समिति, नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको विकास समिति हो। विकास समिति ऐन २०१३ बमोजिम वि.सं २०५३ सालमा गठन आदेश मार्फत गठन भई प्रत्यक्ष नेपाल सरकार मार्फत संरक्षण र रेखदेख भइरहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ,' सूचनामा भनिएको छ, 'पाथीभरा क्षेत्र विकास समितिको मिति २०८१ साल पौष १ गतेको निर्णयले पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्ने र गुरु योजना निर्माण गरी पाथीभराको मौलिकतालाई कायम राख्ने निर्णय गरि पुरात्तव विभागलाई समेत अनुरोध गरिसकेको अवस्थामा पाथीभरामा, समितिको तर्फबाट गरिने काम पनि निर्णय बिना नगरिने भएको हुँदा विभिन्न संघ संस्था, व्यक्ति वा व्यक्तिगत/संस्थागत रुपले गरिने कार्यक्रम, अभियान र संरचना निर्माण गर्दा पाथीभरा क्षेत्र विकास समितिको पूर्व स्वीकृति लिएर मात्रै गर्नुहुन अनुरोध छ । पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ (पहिलो संशोधन) २०७५, बमोजिम सिमाङ्कन भएको क्षेत्र, पाथीभरा क्षेत्र विकास समितिको क्षेत्राधिकारभित्र पर्ने (निजी जमिन बाहेक) र यसको संरक्षण, रेखदेख गर्ने मुख्य दायित्व क्षेत्र विकास समितिको भएकोले सोहि बमोजिम कार्यान्वयन गरिने भनि समितिको मिति २०८२ जेठ २७ मा निर्णय भएकोले, बिना अनुमति कार्य गरेमा प्रचलित कानुन बमोजिम हुने व्यहोरा सरोकारवाला सम्पूर्णमा यसै सूचना मार्फत सूचित गरिन्छ । पाथीभरा प्राकृतिक सम्पदा र मानव समुदायको आस्थाको केन्द्र शक्तिपीठ भएकोले यसको संरक्षण र सम्बर्द्धन गर्न सबैको साझा दायित्व हो । यसको संरक्षण्मा सकारात्मक सहयोग गरिदिनुहुन सम्पूर्ण सरोकारवाला समक्ष क्षेत्र विकास समिति हार्दिक अनुरोध गर्दछ । भौगोलिक, प्राकृतिक, सांस्कृतिक, सामाजिक र धार्मिक दृष्टिकोणले अन्तर्राष्ट्रिय सम्पदाको रुपमा विकास गर्नको लागि पहल गरिदिनहुन सम्पूर्ण पाथीभरा देवीप्रति आस्था राख्नुहुने बुद्धिजीवि, समाजसेबी, प्रकृतिप्रेमी, धार्मिक संघ, संस्था र नागरिक समाजप्रति हार्दिक अनुरोध गर्दछौं ।'

सम्बन्धित समाचार