२०८३ बैशाख १९ गते , शनिबार
हात्ती धपाउन लगाएको तारबारमा पर्दा एक जनाको मृत्यु
बिर्तामोड । झापाको कचनकवलमा हात्ती धपाउन लगाएको तारबारमा परेर एक जनाको ज्यान गएको छ ।
कचनकवल ७ बालुबारीका ६५ वर्षीय किर्खनाथ खनालको मृत्यु भएको हो ।
हात्तीले अन्न बाली क्षती नगरोस भनेर खनाल परिवार आफैले लगाएको तारबारमा प्रबाह भएको करेण्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
खनाललाई बिहान अन्दाजी ८:३० बजे बाख्रा चराउन जाने क्रममा करेन्ट लागेको बताइएको छ।