पूर्वाञ्चल दैनिकका व्यवस्थापक ढकाललाई पितृशोक
बिर्तामोड । पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल (सीके अंकल) लाई पितृ शोक परेको छ ।
कनकाई नगरपालिका ६ चम्पापुर निवासी विद्यापति ढकालको ८९ वर्षको उमेरमा आज विहान निधन भएको हो । वि.स. १९९३ साल जेठ ८ गते जन्मिएका ढकाल सामाजिक एवम् धार्मिक व्यक्तित्वका रुपमा परिचित थिए । उनी केही समय अघिदेखि अस्वस्थ्य रहेका थिए ।
स्व. ढकालका श्रीमती हरिमाया ढकाल सहित ५ छोरा र ४ जना छोरी रहेका छन् । सीके अंकल काईला छोरा हुन् ।
ढकालका पाँच छोरा वुहारीहरुमा वेदप्रकाश-चन्द्रमाया, नरेन्द्र-गोमा, खेमराज-उर्मिला, चन्द्रकान्त-अम्विका, कमल-देवका रहेका छन् । चार छोरीहरु डम्वर कुमारी, रुकमिणा, चन्द्रकला र तीलरुपा रहेका छन् ढकालका २७ जना नातिनातिना रहेका छन् ।
स्वर्गीय ढकालको निधनप्रति दुःख व्यक्त गर्दै परिवेश मिडिया परिवार भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दछ।