२०८३ बैशाख १९ गते , शनिबार
बिर्तामोडमा भेटिएको शवको पहिचान खुल्यो
बिर्तामोड । आइतबार बिर्तामोड–२ चैतुबारीमा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार साँझ अन्दाजी ६:३० बजे बिर्तामोड–२ चैतुवारीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै फेला परेको उक्त शव भारत अशाम सिलोङ बस्ने ४३ बर्षीय दिपेन मादुवाको भएको प्रहरीले जनाएको हो ।
सडकको किनारामा चप्पलको सिरानी लगाएको अवस्थामा मृत फेला परेका उनी कामको शिलशिलामा नेपाल आएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको आफन्तसँग सम्पर्क भइसकेको र उनीहरु नेपाल आउँदै गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।