२०८३ बैशाख १९ गते , शनिबार
बिर्तामोडमा बेवारिसे शव फेला
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर २ चैतुवारीस्थित श्रीराम प्लाई फ्याक्ट्री नजिकै एक पुरुषको शव फेला परेको छ । आईतबार साँझ अन्दाजी ६:३० बजे करिब ३५-४० वर्षको शव फेला परेको हो ।
सडकको किनारामा फेला परेको उक्त शव तराई मुलको जस्तो देखिने जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।