२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २५ गते , आईतबार
मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीको मृत्यु

बिर्तामोड । झापाको कमल गाउँपालिकास्थित सानो केर्खामा मोटरसाइकल दुर्घटना हुँदा एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा परी साबिक कानेपोखरी ४ मोरङ निवासी सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशीको मृत्यु भएको हो ।
शनिबार राति अन्दाजी ७:५५ बजे बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको
प्र.१-०२-००५२प. ७०२९ नम्बरको मोटरसाईकल कमल-३ सानो केर्खा स्थित पुर्व पश्चिम लोकमार्गमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा राजवंशी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गम्भीर घाइते राजवंशीलाई उपचारको लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकोमा राति ९:१० बजे उपचारको क्रममा मृत्यु भएको जिप्रका झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मृतक राजवंशी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोस्ट समालबुङ इलाममा कार्यरत रहेको बताइएको छ।

सम्बन्धित समाचार