२०८३ बैशाख १९ गते , शनिबार

छोरीको जन्मदिनमा व्यवसायी खत्रीद्वारा कर्मयोग भवन र बालग्रामलाई सहयोग प्रदान

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २४ गते , शनिबार
छोरीको जन्मदिनमा व्यवसायी खत्रीद्वारा कर्मयोग भवन र बालग्रामलाई सहयोग प्रदान

बिर्तामोड पूर्वेली ढुवानी सेवा प्रालिका सञ्चालक युवा व्यवसायी निर्मलराज खत्रीले छोरी नाइरा खत्रीको जन्मदिनको अवसरमा दुई वटा सामाजिक संस्थामा रकम सहयोग गर्नु भएको

आज एक संक्षिप्त कार्यक्रमका विच बिर्तामोड नगरपालिका वडा नम्बर मेघाबारी टोलस्थित सिद्धिविनायक कर्मयोग भवन भक्तबारी लालीगुँरास टोेलस्थित तारा नमस्ते बाअन्लिग्रामलाई रकम सहयोग गरेका हुन्  

खत्रीले बालग्राम सञ्चालक समितिका उपाध्यक्ष याम बिमलीलाइ ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरे यस्तै कर्मयोग भवनको लागि निर्मलका वुवा छत्रबहादुर खत्रीको हातबाट संस्थाका प्रतिनिधि पुष्प खड्कालाई १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए

व्यवसायी खत्रीले विभिन्न बहानामा फजुल खर्च गर्नु भन्दा सामाजिक सेवाका लागि खर्च गर्नु उत्तम कार्य रहेकोले छोरीको जन्मोत्सवको अवसरमा सामाजिक क्षेत्रमा सहयोग गरेको बताए खत्रीले केहि समय अघि मात्रै आफ्नो जन्मदिनको अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायिक सदस्य राहतकोषमा ५१ हजार रुपैयाँ सहयोग गरेका थिए

बालग्राममा आयोजित रकम सहयोग हस्तान्तरण कार्यक्रममा व्यवसायी खत्रीकी जीवन संगिनी रेनुका लिम्बु (खत्री), सासुआमा दिलकुमारी लिम्बु, व्यवसायी हरिकेशर बस्नेत लगायतको उपस्थिति रहेको थियो उनीहरुले छोरीको जन्मदिन बालग्राममा रहेका बालबालिकाको सहभागितामा केक काटेर मनाएका थिए

सम्बन्धित समाचार