२०८३ बैशाख १९ गते , शनिबार

नमुना सामुदायिक वन भित्रको पोखरीमा डुबेर दुई बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २४ गते , शनिबार
नमुना सामुदायिक वन भित्रको पोखरीमा डुबेर दुई बालकको मृत्यु

बिर्तामोड । झापाको अर्जुनधारा-११ स्थित नमुना सामुदायिक वन भित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
शनिबार बिहान अन्दाजी ८ बजे तेह्रथुम जिरीखिम्ती घर भई सोही स्थानमा बस्ने पुर्णबहादुर राईको घरमा पाहुना आएका धनमाया गुरुङको छोरा बर्ष १२ को महसुस गुरुङ र स्थानीय मुना गुरुङको छोरा बर्ष १० को सुजल गुरुङ पौडी खेल्ने क्रममा पोखरीमा डुबी रहेको अवस्थामा स्थानीय मानिसहरुले उद्धार गरी विएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चिकित्सकले निजहरु दुबै जनालाई ८:२० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका भनेर सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
शव तत्काल सोही अस्पतालमा रहेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इप्रका अनारमनीबाट प्रहरी अधिकृतको टोली खातिएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार