२०८३ बैशाख १९ गते , शनिबार

दमक नगरपालिकाको डम्पिङ साइटमा माओवादी केन्द्रद्वारा वृक्षारोपण

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २३ गते , शुक्रबार
दमक नगरपालिकाको डम्पिङ साइटमा माओवादी केन्द्रद्वारा वृक्षारोपण

दमक झापाको दमक नगरपालिकाले प्लाष्टिकजन्य फोहोर फालेर उजाड बनाएको वनमा माओवादी केन्द्र दमकले वृक्षारोपण गरेको दमक स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा माओवादी केन्द्रले वृक्षारोपण गरेको हो

सो क्षेत्रमा दमक नगरपालिकाले प्लाष्टिकजन्य फोहोर गाडेर उजाड बनाएको जसले वातावरणमा गम्भीर असर पारेको फोहोरका कारण गन्हाएर जान सक्ने अवस्था छैन त्यही ठाउँमा माओवादी केन्द्र दमक नगर कमिटीले दुई हजार फलफूलका विरुवा रोपेको हो माओवादी केन्द्रले गत वर्षदेखि सुरु गरेको वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै वृक्षारोपण गरेको हो

गत वर्षदेखि सुरु भएको वृक्षारोपण अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको माओवादी केन्द्र दमकले जनाएको हो

माओवादी केन्द्रले गत वर्ष विशेष अभियान नै बनाएर दमक क्षेत्रमा फलफूलका विरुवा रोप्ने तथा दमकबासीलाई विरुवा उपलब्ध गराउँदै आएको माओवादी केन्द्र दमकका अध्यक्ष रवि बस्नेतले बताए उनका अनुसार यस वर्ष पनि १७ जेठदेखि फलफूलका विरुवा रोप्ने वितरण गर्ने अभियानलाई निरन्तरता दिइएको हो एक हप्तामा १२ हजार फलफूलका विरुवा वितरण तथा रोपन गरिएको अध्यक्ष बस्नेतले बताए दमक नगरपालिकाले हम्सेदुम्से वन क्षेत्रमा फोहोर फाल्छ त्यहाँ फोहोरका कारण पर्यावरण नै बिग्रिएको तसर्थ, हामीले सुरु दिननै त्यहाँ दुई हजार जामुन, अम्बा, कागतीलगायतका विरुवा रोपेका छौँ,’ उनी भन्छन्, ‘यसको संरक्षणमा हामी पनि लाग्छौँ तर, यसमा सामुदायिक वन स्थानीय सरकारले पनि साथ दिनुपर्छ यसले केही वर्षमा उत्पादन दिन थाल्छ

यस वर्ष पनि गत वर्षको जस्तै दमकमा प्रत्येक घरमा दुईवटा फलफूलका विरुवा दिइरहेको विरुवा संकलन समिति संयोजक समुन्द्र लामाले बताइन् यस वर्ष आँप, लिची, कटहर, लटहर, बडहर, अमला, अम्बा, कागतीलगायतका विरुवा स्थानीयलाई उपलब्ध गराइँदै आएको उनले बताइन् पछिल्लो समय जलवायु परिवर्तनले पर्यावरणमा गम्भीर असर पारेको तसर्थ विद्यार्थीमा यसको चेता फैलाउन सके सबै घरमा पुग्छ भनेर हामीले यस वर्ष विद्यार्थीलाई विरुवा दिँदै आएका छौँ,’उनले भनिन्

नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष बस्नेतका अनुसार यस वर्ष २५ हजार विरुवा वितरण गरिनेछ अभियान सुरु भएको एक सातामा नै १२ हजार विरुवा वितरण गरिएको उनले बताए एक महिनाभित्रमा १२ हजार विरुवा वितरण गरिसक्ने लक्ष्य रहेको उनले बताए यो अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने उनले बताए

माओवादी केन्द्र गत वर्ष दमक क्षेत्रमा माओवादी केन्द्रले ५० हजार बढी फलफूलका विरुवा वितरण गरेको थियो ती विरुवाले अहिले उत्पादन दिन थालेको माओवादी दमक इञ्चार्ज बेदु गौतमले बताए उत्पादन दिने विरुवा रोप्दा परिणाम पनि आउँछ तसर्थ, हामीले फलफूलका विरुवा वितरण गरेका हौँ,’ उनले भने, ‘गत वर्षको विरुवाले उत्पादन दिन थालेपछि हामीलाई उत्साहित बनाएको आउने वर्षमा पनि हामी विरुवा वितरणको अभियानलाई निरन्तरता दिँदै जान्छौँ

सम्बन्धित समाचार