२०८३ बैशाख १९ गते , शनिबार
विश्वकै लामो केबलकार मुक्तिनाथमा निर्माण हुने
बिर्तामोड । पर्वतको सेराफाँट (वीरेठाँटी–नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म ८१ दशमलव ०४१ किलोमिटरको लामो केबुलकार निर्माण हुने भएको छ ।
निर्माण सम्पन्न भएपछि यो केबुलकार विश्वकै सबैभन्दा लामो केबुल कारमध्ये हुनेछ । हाल विश्वकै सबैभन्दा लामो केबुलकार स्विडेनमा छ, जस्को कूल लम्बाई १३.२ किमी मात्र छ ।
सात स्थानमा स्टेशन रहने उक्त केबुल कार निर्माणको लागि रु ५७ अर्ब ६४ करोड ३७ लाख खर्च हुने बताइएको छ ।
निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण गर्ने गरि लगानी बोर्ड नेपालको ६४औं बैठकले उक्त परियोजना अघि बढाउने निर्णय गरेको छ । मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्ने उक्त केबुलकार निर्माण प्रकृयाको लागि बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ ।