२०८३ बैशाख १९ गते , शनिबार
हिमालयनद्वारा वृद्धाश्रम र बाल आश्रममा खाद्यान्न वितरण
बिर्तामोड । हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले वृद्धाश्रम र बाल आश्रममा खाद्यान्न वितरण गरेको छ । कम्पनीले १७औं बार्षिकोत्सवको अवसरमा खाद्यान्न वितरण गरेको हो ।
कम्पनीको बिर्तामोडस्थित उप-प्रादेशिक कार्यालयले स्नेहा माया घर र तारा नमस्ते बालआश्रममा दैनिक उपभोग्य वस्तुहरू दाल, तेल, चामल र छात्राहरुका लागि सेनेटरी प्याड वितरण गरेको प्रदेश उपप्रमुख भोलाकृष्ण (नविन) मिश्रले जानकारी दिए ।
कम्पनीले प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसरमा सामाजिक कार्य गर्दै आइरहेको उनले बताए ।
सो अवसरमा सिनियर एजेन्सी मेनेजर खिवराज दाहाल, एजेन्सी मेनेजर सागर रिजाल, सविता खनाल, संजीव पाण्डे, एजेन्सी हरी घिमिरे, दुर्गा राई, शाखा प्रमुख बद्री भण्डारी उपस्थित थिए ।