२०८३ बैशाख १९ गते , शनिबार
बसको ठक्करबाट दमकमा मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड । झापाको दमकमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार साँझ अन्दाजी ७:४० बजे भएको दुर्घटनामा परि दमक-४ बस्ने बर्ष ३६ को मिलन थापाको मृत्यु भएको हो।
दमक वडा नम्बर ७ पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट केर्खातर्फ आउदै गरेको मे १ ख ३०२७ नम्बरको यात्रुबाहक बस र केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.१-०२-०५२ प. २२११ नम्बरको मोटरसाइकल एकआपसामा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक थापा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनको आर्य न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राति ८:४० मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुवै सवारी साधन र बसचालक गौरादह नगरपालिका ४ बस्ने ३२ वर्षीय सरकार टुडुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।