२०८३ बैशाख १९ गते , शनिबार

उद्योग वाणिज्य सङ्घद्वारा बिर्तामोड सरसफाई

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २१ गते , बुधबार
उद्योग वाणिज्य सङ्घद्वारा बिर्तामोड सरसफाई

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिर्तामोडमा सरसफाई कार्यक्रम आयोजना गरेको छ। संघले बुधबार बिहान बिर्तामोडको काकरभिटा रोडमा रहेको डिभाइडर सरसफाई गरेको हो।
सुन्दर बिर्तामोड बनाउनका निमित्त डिभाइडर सरसफाई गर्नुका साथै त्यहाँ रहेका बोटबिरुवाहरू कटिङ गरेर मिलाइएको संघका अध्यक्ष राज न्यौपानेले जानकारी दिए । सरसफाई कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै संविधानसभाका सदस्यहरूको उल्लेखनीय भूमिका रहेको बताए ।
संघका अध्यक्ष राजु न्यौपानेको नेतृत्वमा भएको कार्यक्रममा, बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङवा, ५ का वडाध्यक्ष रोहित प्रसाई, इलाम झापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्री, उपाध्यक्ष नरेश कर्माचार्य, शसस्त्र प्रहरी, नेपाल प्रहरीलगायत व्यवसायीहरू सहभागी थिए ।
उद्घाटन कार्यक्रम संघकी उपाध्यक्ष गोमा भट्टराईले सञ्चालन गरेकी थिइन् । 

सम्बन्धित समाचार