२०८३ बैशाख १९ गते , शनिबार

कोषाध्यक्ष निरौलाले दोस्रो पटक उवा संघमा मनाए जन्मदिन, राहत कोषमा २१ हजार सहयोग

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २० गते , मंगलबार
कोषाध्यक्ष निरौलाले दोस्रो पटक उवा संघमा मनाए जन्मदिन, राहत कोषमा २१ हजार सहयोग

बिर्तामोड बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले अघिल्लो जन्मदिनमा आर्थिक सहयोग गरेर शुरु भएको व्यवसायी सदस्य राहत कोषमा यस वर्षपनि २१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् उनले मंगलबार जन्मदिनको अवसरमा संघले आयोजना गरेको जन्मोत्सव कार्यक्रममा श्रीमती भिमा दुलाल निरौलासहित उपस्थित भएर उक्त सहयोग गरेका हुन्  

गत वर्ष उनले ११ हजार एक सय ११ रुपैयाँ कोषमा सहयोग गरेका थिए निरौलाले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गरेका थिए मोवाइल पार्टस् तथा एशोसेरिजको व्यवसाय सञ्चालन गर्दै आएका निरौला बिर्तामोडका स्थापित व्यवसायी हुन् उनी मोवाइल एशोसिएस अफ झापाका अध्यक्ष हुन् भने नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको नगर अध्यक्ष हुन्

जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोषाध्यक्ष निरौलाले  कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल आफ्नो जन्म दिनको अवसरमा रहेक वर्ष एघार हजार एक सय ११ रुपैयाँ प्रदान गर्दै जाने घोषणा समेत गरे उनले विपतमा परेका व्यवसायीलाई सहयोग पु¥याउन स्थापना गरेको कोषमा रकम प्रदान गर्न आम व्यवसायीलाई समेत आग्रह गरेका छन्

व्यवसायी सदस्य राहत कोषका  संयोजक राजकुमार घिमिरेराजु सहितको उपस्थितिमा आयोजित कार्यक्रममा कोष वृद्धिका लागि सहयोग पु¥याउने निरौला दम्पतीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो

संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा बिर्तामोडका व्यवसायीहरुको उपस्थिति रहेको थियो

सम्बन्धित समाचार