२०८३ बैशाख १९ गते , शनिबार
जंगलमा करेन्ट लाग्दा हात्तीको मृत्यु
बिर्तामोड । झापाको कमल गाउँपालिकामा एउटा हात्ती मृत फेला परेको छ । सोमबार राति करेन्ट लागेर मरेको अवस्थामा हात्ती फेला परेको हो ।
कमल गाँउपालिका वडा नम्बर–३ स्थित रतुवामाई बृक्षारोपण आयोजनाको जंगलमा मृत हात्ती फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । हात्तीले बिजुलीको फलामको पोल धकेल्ने क्रममा हाईटेन्सन तारमा छुँदा हात्तीलाई करेन्ट लागेर सुँड र एउटा दाह्रा जलेको अवस्थामा फेला परेको उनले बताए ।
घटनास्थलमा प्रहरी चौकी केर्खाबाट प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित राखेको र कानुनी प्रकृयाको लागि सव डिभिजन वन कार्यालय चुलाचुलीको टोली पुगिसकेको बताइएको छ ।