२०८३ बैशाख १९ गते , शनिबार

व्यवसायीको आन्दोलनले सवारी आवागमन ठप्प

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १९ गते , सोमबार
व्यवसायीको आन्दोलनले सवारी आवागमन ठप्प

बिर्तामोड यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् बन्दका कारण झापामासमेत सवारी आवागमन ठप्प भएको

लामो दुरीबाट झापा भित्रिने सवारी बाहेक अन्य सार्वजनिक यातायातका साधन सडकमा नदेखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए यातायातको साधन नचल्दा कैयन यात्रु बसपार्कमा अलपत्र बनेका छन्

 ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए

आफूहरूले गण्डकी प्रदेश सरकारलेराइड सेयरिङको नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको उनको भनाइ

यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उनको भनाइ

सम्बन्धित समाचार