२०८३ बैशाख १९ गते , शनिबार

आगामी बर्षको योजना तथा कार्यक्रमका लागि छलफल

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १९ गते , सोमबार
आगामी बर्षको योजना तथा कार्यक्रमका लागि छलफल

बिर्तामोड झापाको बिर्तामोडमा आइतबार आगामी आर्थिक बर्षमा कार्यान्वयन गरिने योजना तथा कार्यक्रमको बिषयमा छलफल गरिएको बिर्तामोड नगरपालिका वडा नम्बर ले आउने बर्षमा कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमको बारेमा छलफल गरेको हो

वडा कार्यालयले टोल विकासका अध्यक्ष तथा पदाधिकारीहरुसँग वडा कार्यालयमा आइतबार छलफल गरेको हो नगरपालिकाबाट प्राप्त हुने करिब करोड बजेटबाट के कति योजनाहरु सञ्चालन गर्न सकिन्छ भनेर छलफल तथा अन्तरक्रिया गरिएको वडाध्यक्ष राहुल शर्माले जानकारी दिए टोलबाट प्राप्त योजनाहरुलाई प्राथमिकीकरण गरि कार्यान्वयन गरिने उनले बताए

कार्यक्रममा बिर्ता समावेशी टोलका अध्यक्ष धनबहादुर पङ्गधाक, मेघाबारी टोल विकास संस्थाका सचिव पुष्प खड्का, लालीगुराँस भक्तबारी टोलविकासबाट कान्तिबहादुर कार्की, कालिका टोलविकासका सचिव केशव भट्टराई, उज्यालो एकता टोलबाट सीमा सिलवाललगायतले आफ्ना धारणा राखेका थिए उनीहरुले आफ्ना टोलमा आवश्यक योजनाका बारेमा जानकारी गराएका थिए सहभागीहरुले बर्षायाम शुरु भएकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्कन, अदुवा खोलाको भाग छुट्याएरमात्र तटबन्धन निर्माण गर्न आग्रह गरेका थिए

वडाध्यक्ष राहुल शर्माले सहजीकरणको क्रममा निराकार फोहोर मैला व्यवस्थापन कम्पनीको सदस्य विस्तार गर्न गरेको आह्वानलाई टोल विकासका प्रतिनिधीहरुले असन्तुष्टि जनाएका थिए कम्पनीको गाडी नियमित नआउने भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए

नगरको ६०४० प्रतिशत लागत साझेदारीको कार्यक्रम हटाउन उनीहरुले माग गरे सहभागीहरुले प्राथमिकताका आधारमा लगानी गर्न आग्रह गरेका थिए वडाले भने अधुरा काम सम्पन्न गर्ने योजना सुनाएको थियो

वडाध्यक्ष राहुल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई वडा सदस्य केशव श्रेष्ठले सहजीकरण गरेका थिए भने वडा सचिव नन्दलाल आचार्यले सञ्चालन गरेका थिए कार्यक्रममा कार्यपालिका सदस्य निर्मला ल्वागुन, वडा सदस्य उमेश राउतसहित टोल विकास संस्थाका प्रतिनिधीहरु सहभागी थिए

सम्बन्धित समाचार