२०८३ बैशाख १९ गते , शनिबार

दुर्घटनामा घाइते दनुवारको उपचारको क्रममा मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १८ गते , आईतबार
दुर्घटनामा घाइते दनुवारको उपचारको क्रममा मृत्यु

बिर्तामोड । जेठ १३ दुर्घटनामा परी गम्भीर घाइते भएकी बुद्धशान्ति गाँउपालिका वडा न.५ की २२ वर्षीया आकृति दनुवारको उपचारको क्रममा मृत्यु भएको छ । उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो ।
मेछैनौनगर नगरपालिका  वडा न.१४ धाईजन चोक स्थित पुर्व पश्चिम राजमार्गमा धुलाबारीबाट चारआलीतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४७११ नम्बरको ट्रक र सोहि दिशाबाट जादै गरेको प्रदेश १-०१-०१४ प ५१५२ नंम्बरको मोटरसाईकल बिच ठक्कर हुँदा मोटरसाईकलमा पछाडि सवार आकृति गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनको आईतबार (आज) दिउँसो ४:१० मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक मेचीनगर १० धुलाबारी बस्ने अन्दाजि बर्ष २७ को राहुल गुप्ता सामान्य घाइते भएका थिए ।
ट्रक चालक बिर्तामोड नगरपालिका वडा न.३ बस्ने अन्दाजि बर्ष ३४ को बिजय लिम्बु धुलाबारी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार