२०८३ बैशाख १९ गते , शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १७ गते , शनिबार
धरान–धनकुटा सडक अवरुद्ध

बिर्तामोड गएराति आएको वर्षाका कारण धरानधनकुटा सडक अवरुद्ध बनेको बर्षाका कारण सडकमा क्षति हुँदा अवरुद्ध बनेको हो

वर्षासँगै आएको बाढी पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका मा पर्ने कोशी लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आज (शनिवार) बिहान ५ः३५ बजेतिर फेदी नजिकैको लेउती खोलामा अचानक आएको बाढीले करिब एक सय मिटर सडक कटान गरेपछि दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो

घटनास्थलमा प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले स्थानीय तह सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास गरिरहेको जनाएको

त्यसैगरी, आज बिहान ४ः४५ बजेतिर नमस्ते झरनाको छेउमा रुख लड्नुका साथै माथिबाट खसेको पहिरोले पनि सोही लोकमार्गको अर्को खण्ड पूर्ण रूपमा अवरुद्ध भएको

उक्त स्थानमा इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक रमेश प्रधानको नेतृत्वमा पाँच जना प्रहरी नेपाली सेनाका पाँच जना गरी १० जनाको उद्धार टोली खटिएको

अहिले अवरोध हटाउने कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको धनुकटाबाट तराई आउने तराईबाट धनकुटातर्फ जाने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको प्रहरीले जनाएको

सम्बन्धित समाचार