२०८३ बैशाख १९ गते , शनिबार
शिवसताक्षीमा फेला पर्यो मानव कंकाल
बिर्तामोड । झापाको शिवसताक्षीमा मानव कंकाल फेला परेको छ । शुक्रबार शिवसताक्षी नगरपालिका वडा न. ७ लालपानी मण्डलबस्ती स्थित कृष्ण मण्डलको मकै बारीमा सो मानव कंकाल फेला परेको हो ।
सडेको अवस्थामा फेला परेको उक कंकाल स्थानीय ४४ वर्षीय ओम प्रकाश श्रेष्ठको भएको प्रहरीले जनाएको छ। श्रेष्ठको मानसिक अवस्था ठीक नभएको र जेठ १ गतेबाट हराइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
निजले लगाएको कपडा, मालाको आधारमा आफन्तले सनाखत गरी पोष्टमार्टमको लागि धरान घोपा पठाईएको खड्काले बताए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।