२०८३ बैशाख १९ गते , शनिबार

पूर्व–पश्चिम रेल मार्गको योजना ‘स्थगित’, रेलमार्गमा पर्ने जग्गा फुकुवा

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १५ गते , विहीबार
पूर्व–पश्चिम रेल मार्गको योजना ‘स्थगित’, रेलमार्गमा पर्ने जग्गा फुकुवा

बिर्तामोड सरकारले पूर्वपश्चिम रेल मार्गको योजनास्थगित गरेको अर्थमन्त्री विष्णु पौडेलले रेलमार्ग क्षेत्रमा पर्ने जग्गाको रोक्का फुकुवा गरेका छन् रेल मार्गमा पर्ने जग्गाको फुकुवा गरेसँगै अब सर्वसाधारणले जग्गा बेच बिखन गर्न संरचना बनाउन पाउने छन् रेलमार्गका लागि सरकारले यस अघि झापा मोरङ सुनसरीमा पर्ने जग्गा रोक्का गरेको थियो

सरकारले तीनै जिल्लाका मालपोत कार्यालयमार्फत झापामा दुई हजार चार सय ५७, मोरङमा एक हजार सय ३८ सुनसरीमा एक हजार तीन सय २९ कित्ता गरी पाँच हजार चार सय २४ कित्ता जग्गा रोक्का गरेको थियो

सरकारले तत्कालीन अवस्थामा रेलमार्गमा पर्ने जग्गाको मुआब्जा दिन २६ अर्बभन्दा बढी रकम चाहिने भन्दै केहि बजेट समेत विनियोजन गरेको थियो

काँकडभिट्टाइनरुवा रेल मार्गमा जिल्लाका १८ पालिकाअन्तर्गत ६३ वटा वडा प्रभावित भएका थिए

ती वडाको सय १८ दशमलव ६९ हेक्टर जमिन खेतीयोग्य, ५६ दशमलव ६१ हेक्टर जल क्षेत्र, ३३ हेक्टर बस्ती १९ दशमलव ६० हेक्टर वन क्षेत्र प्रभावित हुने भनिएको थियो

काँकडभिट्टाइनरुवा रेलमार्ग निर्माणका क्रममा सय १२ हेक्टर खेतीयोग्य जमिन ५३.६१ हेक्टर बस्ती प्रभावित हुने भएपछि ती जग्गाहरू रोक्का राखिएका थिए

सङ्घीय सरकारले पूर्वपश्चिम राजमार्गको सो क्षेत्रको जग्गा फुकुवा भएको हो पूर्वपश्चिम रेलमार्ग बनाउन २०६७ साउनमा भारतीय कम्पनी राइट कन्सल्ट्यान्टले सम्भाव्यता अध्ययन गरी बुझाएको प्रतिवेदनको आधारमा नेपाल सरकारले २०६८ असार गते रेल विभाग स्थापना गरेको थियो

लामो समयदेखि जग्गा रोक्का राखेर मुआब्जासमेत नदिँदा पिडित बनेकाहरु जग्गा फुकुवा हुनेभएसँगै हर्षित बनेका छन्

सम्बन्धित समाचार