२०८३ बैशाख १९ गते , शनिबार

टीमाई खोलामा पुरुषको शव भेटियो

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १५ गते , विहीबार
टीमाई खोलामा पुरुषको शव भेटियो

बिर्तामोड । झापाको मेचीनगरमा एक पुरुष मृत फेला परेका छन् । बिहीबार बिहान अन्दाजी १२:३० बजे मेचीनगर नगरपालिका वडा  नम्बर १० खयरडाँगीस्थित टीमाई खोलामा तत्काल पहिचान नखुलेका ती व्यक्ति मृत फेला परेका हुन् ।
पहाडे मुलको जस्तो देखिने अन्दाजि बर्ष ४०/४५ को पुरुष मानिस मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मृत व्यक्ति ४/५ दिन अगाडिदेखि धुलाबारी बजार एरिया तिर मागि खाई हिड्ने गरेको स्थानियको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ । कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाईएको डिएसपी खड्काले बताए ।

सम्बन्धित समाचार