२०८३ बैशाख १९ गते , शनिबार
बजेट पास गर्न मन्त्रिपरिषद बैठक बस्दै
बिर्तामोड । शुक्रबार दिउँसो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे बस्ने गरी सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन् ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटबारे ब्रिफिङ गर्नेछन् । बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट पास गर्ने छ ।
आजै दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने छन्।
गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरूद्ध पारिरहेका बिपक्षी दलहरूले आजको बैठक अवरूद्ध नगर्ने जनाएका छन् ।