२०८३ बैशाख १९ गते , शनिबार

भारतीय पक्षले कडाई नगर्दा नेपालमा लागूऔषध छ्याप्छ्याप्ती

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १४ गते , बुधबार
भारतीय पक्षले कडाई नगर्दा नेपालमा लागूऔषध छ्याप्छ्याप्ती

बिर्तामोड नेपालमा लागूऔषध कारोबारी प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहेको खुला सीमा नाका भारतीय पक्षले कडाइ नगर्दा नेपालमा लागूऔषध छ्याप्छ्याप्ती पाइन थालेको हो

चालु आर्थिक बर्षको बैशाख मसान्तसम्म लागूऔषध कारोबारमा संलग्न २४ जना भारतीयसहित ४११ जना पक्राउ परेका छन् पक्राउ परेकाहरु मध्ये २६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए भारतीय पक्षले कडाइ नगर्दा भारतीय सिमावर्ती बजारबाट सहज रुपमा लागूऔषध नेपाल भित्रिने गरेको स्रोत बताउँछ भारतीय नागरिकलाई लागूऔषध खरिद बिक्रीमा कडाइ गरिएपनि नेपाली खरिदकर्तालाई बिक्री गर्नमा कडाइ नगरिँदा नेपाली लागूऔषध दुर्व्यसनीको संख्या बढेको जानकारहरु बताउँछन्

प्रहरीले लागूऔषध ओसारपसारमा कडाइ गरेपनि प्रहरीले मात्र नियन्त्रण गर्न सम्भव नहुने प्रहरीहरु बताउँछन् नेपालबाट भारत लगिने गाँजाको कारोबारमा नेपाल प्रहरीले शुन्य सहनशिलता अपनाएपनि अन्य लागूऔषध कारोबारमा भारतीय पक्षले गम्भीरताका साथ नलिएको एक प्रहरी अधिकृतले गुनासो गरे  

सम्बन्धित समाचार