२०८३ बैशाख १९ गते , शनिबार

बाह्रदशीमा आगलागी, दुई वटा बाच्छा मरे

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १३ गते , मंगलबार
बाह्रदशीमा आगलागी, दुई वटा बाच्छा मरे

बिर्तामोड । झापाको बाह्रदशीमा आगलागी भएको छ । मङ्गलबार बिहान भएको आगलागीमा परी दुई वटा बाच्छा मरेका छन् ।
बाह्रदशी-५ घोडामारास्थित विष्णु ओझाको गोठमा मङ्गलबार बिहान अन्दाजी ४ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट काठपात र गोठ पूर्ण रुपमा, विद्युतीय मोटर र कुटी काट्ने मेसिन सामान्य जलेको छ । साथै आगो निभाउने क्रममा आगोले बिष्णु ओझाको  ढाड तथा  हातमा पोलेर घाईते भई उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पठाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
चुलोमा खोले पकाएर ननिभाइ राखेको आगोका कारण अचानक आगो सल्की आगलागी भएको र अन्दाजी २ लाख मूल्यको क्षति भएको प्रहरीले जनाएको छ। आधा घण्टा पछि आगो नियन्त्रणमा लिइएको थियो । 

सम्बन्धित समाचार