चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ
बिर्तामोड । बिर्तामोडबाट चोरीको मोटरसाइकलसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विर्तामोड नगरपालिका वडा नम्बर ४ विर्ताबजार वस्ने वर्ष २८ को बलराम साह, मेचीनगर नगरपालिका वडा नम्बर १४ वस्ने वर्ष ४० को फुल महमद र झापा गाउँपालिका वडा नम्बर ५ वस्ने वर्ष २६ को अर्मान अली पक्राउ परेका हुन् ।
गत माघ १७ गते दिउसो अन्दाजी ०३:३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर ५ कन्काई अस्पताल अगाडी विर्तामोड-१० वस्ने विकास सिटौलाको मे ७ प २४०८ नम्बरको होण्डा कम्पनीको युनिकर्न मोटरसाईकल पार्किङ गरेको स्थानबाट चोरी भएको थियो ।
जेठ ८ गते अन्दाजी ७:३० बजे उक्त मोटरसाईकलसहित प्रतिवादी बलराम साहलाई पक्राउ गरेकोमा निज बलराम साहलाई उक्त मोटसाईकल फुल महमदले दिएको बताएको र निज फुल महमदलाई पक्राउ गरि सोधपुछ गर्दा उक्त मोटरसाईकल अर्मान अलीले दिएको भनि प्रारम्भिक बयानबाट खुल्न आएकाले तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस अघि तीन वटा मोटरसाइकल र एउटा अटोसहित चार जनालाई पक्राउ गरेको थियो ।