२०८३ बैशाख १९ गते , शनिबार

बिसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान आयोजना गरिँदै

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ११ गते , आईतबार
बिसे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान आयोजना गरिँदै

बिर्तामोड । पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकारको रुपमा मानिएका बिसे नगर्चीको नाममा स्थापित राष्ट्रिय सम्मान कार्यक्रम यस वर्ष पनि गरिने भएकोछ । गोर्खा फाउण्डेशन नेपालले कार्यक्रम गर्न लागेको हो ।
जेठ ३१ गते शनिबार कार्यक्रम गरिने फाउण्डेशनका महासचिव सुवास तिखत्रीले बताए । सम्मानित हुने  ब्यक्तित्वहरुको छनौट कार्य अघि बढाईएकोसमेत उनले बताए ।
गत वर्ष चैत्र २१ गते गरिएको यो कार्यक्रम हरेक वर्ष गरिने अध्यक्ष वीरु दर्नालले जानकारी दिए । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका ब्यक्तित्वलाई यो सम्मान् समर्पण गरिने गरेको छ । समावेशी ढङ्गबाट पुरस्कृत व्यक्तित्व चयन गरिने बताइएको छ ।
गोरखा दरवारमा राज खलका भोटो सिलाउने, नगरा बजाउने तथा युद्दकलामा साथ दिएका नगर्चीको योगदान वर्तमान पुष्तालाई जानकारी गराउँदै एउटा दलित जातिको पनि त्यो बेला राष्ट्र एकिकरण अभियानमा प्रमुख भूमिका र जिम्मेवारी थियो भन्ने ईतिहासलाई चीरकालसम्म ताजा राख्न कार्यक्रम गरिएको फाउण्डेशनका अध्यक्ष विरु दर्नालाले बताए ।
वर्तमान समाजमा पनि दलित समुदाय भित्र हिनताबोध बोकेर समाज सामु खुलेर प्रस्तुत नहुने र खुम्चिएर बस्नेहरुको कमी नभएको भन्दै त्यो बेला पनि कपडा सिलाउने र बाजा बजाउने विसेले तत्कालिन राजाको सहयात्री भएर ईतिहास बनाएको देखिएकोले उनलाई हेरेर पनि वर्तमान् पुष्ताले समाज र राष्ट्रको लागि केही योगदान गर्न सक्नु पर्छ भन्ने प्रेरणा दिन पनि कार्यक्रम गर्दै आएको दर्नालले बताए ।
यस सम्मानबाट गत वर्ष वरिष्ठ  निर्देशक तुलसी घिमिरे, महानायक राजेश हमाल, अन्टार्कटिका महादेश पुग्ने पहिलो नेपाली भुवन सिंह बिश्वकर्मा, दलित महिलाबाट प्रथम प्रमुख जिल्ला अधिकारी बनेकी सीता परियार र सामाजिक अभियन्ता तथा सहकारीकर्मी महेन्द्र गिरीलाई सम्मान गरिएको थियो । उनीहरूलाई जनही ५१ हजार नगदसहित सम्मान गरिएको  थियो ।

सम्बन्धित समाचार