२०८२ जेष्ठ ३२ गते , शनिबार
भारतीय सुमोको ठक्करबाट मेचीनगरका कोइराला गम्भीर घाइते

बिर्तामोड । भारतीय सुमोको ठक्करबाट मेचीनगरका एक व्यक्ति घाइते भएका छन् । शुक्रबार मेचीनगरमा भएको दुर्घटनामा परि मेचीनगर–८ इटाभट्टाका रोहन कोइराला गम्भीर घाइते भएका हुन् ।
शुक्रबार अन्दाजी ४ बजे मेचीनगर ९ झण्डीचोकस्थित भित्री पक्की सडक खण्डमा मागुरमाडीबाट मंगलबारेतर्फ जादै गरेको डब्लुबी ६० एल ५५३९ नम्वरको सुमोले बाटो क्रस गर्दै गरेको प्र.१-०१-०१५ प.५२०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिई दुर्घट्ना हुँदा मोटर साइकल चालक बर्ष २४ का कोईराला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाईकल, सुमो र सुमो चालक भारत कालेबुङ घर भई हाल मेचीनगर नगरपालिका वडा नम्वर–६ काँकरभिट्टा बस्ने बर्ष ४७ को शरन शर्मा इलाका प्रहरी कार्यालय धुलाबारी झापाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।