पत्रकार महासंघका पूर्व सचिव राईले गरे अन्तरजातीय विवाह
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिव दिपेनवाला राईले अन्तरजातीय विवाह गरेका छन् । कमल गाउँपालिका वडा नम्बर ६ निवासी राईले स्थानीय मनिका विश्वकर्मासँग विवाह गरेका हुन् ।
उनीहरुले बुधबार झापा जिल्ला अदालतमा अदालती विवाह गरेका छन् । राष्ट्रिय बहुमुखी सहकारी संस्था दमकका सचिव तथा जनता समाजवादी पार्टीका संघीय परिषद सदस्यसमेत रहेका राईले परिवेश मिडियासँग कुरा गर्दै एक दशक लामो प्रेमलाई विवाहमा परिणत गरेको बताए । समाजमा रहेको छुवाछुत प्रथालाई कानुनमा मात्र नभई व्यवहारमा नै अन्त्य गर्नुपर्ने र त्यो अवसर आफुलाई मिलेको भन्दै खुशी व्यक्त गरे । छुवाछुतको अन्त्य गर्ने कुरा नारामा मात्र सिमित भएको भन्दै राईले सचेत नागरिकले नै त्यसको अन्त्य गर्न अगुवाई गर्नुपर्ने बताए ।
राई दम्पतिलाई परिवेश मिडियाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।