२०८३ बैशाख १९ गते , शनिबार

सशस्त्र प्रहरी नं. २ गणले मनायो १८औँ स्थापना दिवस

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ८ गते , विहीबार
सशस्त्र प्रहरी नं. २ गणले मनायो १८औँ स्थापना दिवस

बिर्तामोड झापाको भद्रपुर नगरपालिका वडा नम्बर शान्ति चोकमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.  गण हेडक्वाटर झापाले स्थापना दिवस मनाएको विहीबार एक विशेष कार्यक्रम आयोजना गरी गणले १८औँ स्थापना दिवस मनाएको हो

गण परिसरमा आयोजित कार्यक्रममा राष्ट्रप्रतिको सेवा समर्पणको भाव सदैव अन्तरनिहित रहने भन्दै कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी बल नेपाल नं.  बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले संगठनको नीति निर्देशन शिरोपर गरी प्राप्त जिम्मेवारीहरुको उच्चतम परिणामतर्फ सदैव अग्रसर रहन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए

कार्यक्रममा संगठनको आन्तरिक विभिन्न प्रतियोगिताका विजेताहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो भने विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने इकाइहरु सेवा निवृत्त प्रहरीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो कार्यक्रमकै बिच जिम्मेवारी बहन गर्ने क्रममा शाहदत प्राप्त गर्ने सशस्त्र प्रहरी कर्मचारी सोमबहादुर तामाङको परिवारलाई नगद ५१ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो

कार्यक्रममा सशस्त्र प्रहरी कर्मचारीहरुले विभिन्न नृत्य तथा गायन प्रस्तुत गरेका थिए

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाई भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले शुभकामना मन्तव्य राखेका थिए

कार्यक्रममा सप्र बल नेपाल नं.  गण हेक्वा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले कार्यालयले गरेको गतिविधीबारे जानकारी गराउनुका साथै कार्यक्रममा सहभागीहरुलाई धन्यवाद दिएका थिए

 

 

सम्बन्धित समाचार